Aamsanchar

अमरगढी किल्लादेखि खप्तडसम्म अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा

Author Image
शुक्रवार, वैशाख २१, २०८१

डडेल्धुरा – सुदूरपश्चिमका महत्पपूर्ण पर्यटकीय स्थललाई चिनाउन साइकल यात्रा सुरू गरिएको छ । शुक्रबार डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडसम्मका लागि अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा सुरु गरिएको हो । साइकल यात्रामा तीन भारतीय नागरिकसहित ३२ जना साइकल यात्री सहभागी छन् ।

अमरगढी–खप्तड साइकल यात्रा वैशाख २५ गते समापन हुने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए । अमरगढी किल्ला र खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले साइकल यात्राको आयोजना गरिएको निमित्त प्रमुख बोहराले जनाए ।

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीको प्रायोजन तथा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोसन प्रालिको आयोजनामा साइकल यात्रा सुरु भएको हो ।

 

सुदूरका पहाडि जिल्लामा रहेका ऐतिहासिक तथा महत्वपूर्ण धार्मिक पर्यटक स्थलहरूको महत्व अन्तर्राष्ट्रियस्तरमा झल्काउन र आन्तरिक र वाह्य पर्यटकलाई आकर्षक गर्न साइकल यात्रा सुरु गरिएको जनाइएको छ ।
साइकल यात्रा एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी,डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने,प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले शुभारम्भ गरेका हुन् ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख बोहराका अनुसार ऐतिहासिक पर्यटकीयस्थल अमरगढी किल्लादेखि सुरु भएको साइकल यात्रा धर्तीको स्वर्गका रुपमा चिनिएको खप्तडको त्रिवेणी धामसम्म पुग्नेछ । साइकल यात्रा गरिरहेका माहानुभावले सुदूरका पर्यटकीय गन्तव्यको पहिचान समेत खुलाउने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर जोशीले साइकल यात्राले अमरगढी किल्ला र खप्तडको प्रचारप्रसार हुने जनाए । पर्यटन क्षेत्रमा लगानी गर्न सके सुदुरपश्चिमको आर्थिक समृद्धि सहित हुने मेयर जोशीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर