Aamsanchar

बिर्तामोडमा सक्सेस पाथ एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

बिर्तामोड । वैदेशिक शिक्षाको लागि परामर्श दिने शैक्षिक परामर्श दाता संस्था (कन्सल्टेन्सी) हरूको भिडमा बिर्तामोडमा फेरी नयाँ कन्सल्टेन्सी सञ्चालनमा आएको छ ।
काठमाडौंमा मुख्य कार्यालय रहेको सक्सेस पाथ एजुकेसन कन्सल्टेन्सीको शाखा  बिर्तामोडमा सञ्चालनमा आएको हो ।

बिर्तामोड स्थित चम्लागाईँ कम्पेल्समा स्थापना भएको सक्सेस कन्सल्टेन्सीको आज विधिवत उद्घाटन गरिएको छ ।  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा एमइटी कलेजका प्रिन्सिपल आरएस ढकालले उक्त कन्सल्टेन्सीको उद्घाटन गरेका हुन ।

विदेशका विभिन्न देशहरूमा शिक्षा लिएर दीक्षित बनेर स्वदेश नेपाल फर्किएका युवाहरूको समूहले झापाको बिर्तामोडमा  सक्सेसको शाखा स्थापना गरेका हुन ।
यूएसए, क्यानडा, अष्ट्रेलिया, यूके, फ्रान्स, फिनल्याण्ड, जापान, डेनमार्क र साउथ कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श र भिसाका लागि प्रक्रिया अघि बढाउने काम गर्ने बताईएको छ ।

सक्सेस पाथ एजुकेसन कन्सल्टेन्सी  काठमाडौंका कार्यकारी प्रमुख दिनेश बस्नेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सृजन अधिकारीले स्वागत र सक्सेस पाथ एजुकेसन कन्सल्टेन्सी बिर्तामोडकी कार्यकारी निर्देशक दिया भण्डारीले सक्सेस स्थापना गर्नुको औचित्यमाथि प्रस्ट्याएकी थिइन ।
कार्यक्रमको सञ्चालन सक्सेसका हेमन्त पाण्डेले गरेका थिए ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले धेरै ठाउँ दु:ख भोग्नु परेको अवस्था छ । आखिर किन त्यस्तो दु:ख भोग्नु पर्छ भन्ने आमसंचारको प्रश्नमा प्रमुख अतिथि ढकालले भने ‘विद्यार्थीहरूले दु:ख पाउनुको तीन वटा मुख्य कारणहरू रहेका छन । त्यसमा सर्वप्रथम विद्यार्थी स्वमंका कारण, त्यसपछि अभिभावक र कन्सल्टेन्सीको कारण हो ।’ ‘विद्यार्थी आफैँमा व्यवहारिक ज्ञान नहुनु, अभिभावकले आफ्ना छोराछोरी विदेश पढ्न गएपछि कमाउदै पढ्छन र तत्काल नै पढ्न जादाको ऋण तिर्नु पर्छ भन्ने सोच राख्नु ,  विद्यार्थीहरुलाई कमाउन दवाव दिनु र अनुभव नै नभएका व्यक्तिहरूले सञ्चालन गरेको कन्सल्टेन्सी मार्फत विद्यार्थीहरू विदेश पढ्नका लागि जानु हो । ’ 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)