Aamsanchar

सप्तरी महादेवा आगलागी पीडितका लागि अस्थाई घर बनाउन बिर्तामोडका चार जना युवा घटना स्थलमा

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

सप्तरी ।  गत मंगलबार सप्तरीको महादेवा गाउँपालिका –१ चिम्टीमा भएको भीषण आगलागीले गाउँ नै स्वाहा भयो । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले उनकोसहित एक सय १० परिवारको घर,  खाद्यान्न, लत्ताकपडा, पशुचौपायालगायत सबै सामग्री नष्ट पार्यो ।

तीव्र गतिमा हावा चलेको बेला भएको भीषण आगलागीले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको चिम्टिका बासिन्दालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्यायो । आफ्नो भएको सबै सम्पत्ति जलेर नष्ट भएपछि उनीहरु खेतमा पाल टाँगेर बस्न विवश छन् । उनीहरु कसैले राहत पो दिन्छ की भनेर टोलाएर बस्न वाध्य छन् ।

चिम्टीका आगलागी पीडितको जलेको घाउमा मल्हमपट्टि गर्न यतिबेला झापा बिर्तामोडका चार युवा लागिपरेका छन् । झापा बिर्तामोडका शरद जोशी , विष्णु आचार्य,  भीष्म घिमिरे , सौम्य शर्मा अहिले चिम्टीका आगलागी पीडितका लागी अस्थाई टहरा बनाउन व्यस्त छन् ।

आरएसके  सेल्टरका टिम लिडर शरद जोशीका अनुसार आरएसके  प्रविधि बाट बनिने यी टहराहरू आपतकालीन अवस्थामा, छिटो बन्ने र फराकिलो तथा सुरक्षित हुने गरेको छन्, आपतकालको बेला आरएसके  इमर्जेन्सी  १ घण्टामा तयार गर्न सकिन्छ भने , ३–४ घण्टामा ४ जनाको परिवार सजिलै बस्न मिल्ने गुणस्तरीय आरएसके  तयार हुन्छ, समुदाय प्रयोग, बालमैत्री कक्ष हरूको लागि आरएसके  उपयुक्त हुने गरेको छ।   सन हल्बेर्ट संस्थापक र समिर नेपाल, नेपाल प्रमुख रहेको इङ्ल्याण्डको आरएसके सेल्टर नामक संस्था मार्फत उनीहरूले चिम्टीका आगलागी पीडितका लागी अस्थाई टहरा निर्माण गरिरहेको आरएसके सेल्टर नेपालका टीम लिडर शरद जोशीले बताए ।

आफूहरूले चिम्टीका आगलागी पीडितका लागी अस्थाई टहरा निर्माण गर्नुका साथै  सेल्टर बालमैत्री तथा महिलामैत्री सामुदायिक भवन निर्माण गर्ने उनले बताए । आरएसके प्रविधिमार्फत उक्त सामग्री निर्माण गरिने उनले बताए ।

आरएसके सेल्टरले यस अघि जाजरकोटको नलगाड र कुशे क्षेत्रका भूकम्पपीडितहरूका लागी  ४० वटा अस्थाई टहरा निर्माण गरिदिएको उनले बताए । विपदको बेला देश र जनताको लागि केही गर्न पाउँदा आफू र आफ्नो समूहलाई खुसी तथा गर्व महसुस भएको आरएसके  सेल्टरका सदस्य भीष्म घिमिरेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर