Aamsanchar

आमा (कविता)

Author Image
मङ्गलवार, वैशाख २५, २०८१

 आमा तिमी जन्म दिने मलाई, आमा तिमी कर्म दिने मलाई । 
तिम्रो अंश भई जगमा समाई, संसार देखाई भाग्य लेखाइ ।। 

हे आमा तिम्रो महिमा अपार, साथमै भए लाग्छ आफ्नै संसार । 
तिम्रै नामले गर्छ सब दु:ख पार, निस्वार्थ माया र ममता अपार ।। 

झिकेर मुटु आँखामा बसाउँछौ, भोकै बसेर जगलाई खुवाउँछौ । 
प्राण दिलाइ सृष्टि रचाउँछौ, सन्तान खुशीमा आफू रमाउँछौ ।। 

आमा तिमी हौ धरती समान, देवतुल्य पूज्य तिमी महान । 
जिउँदा तीर्थ हुन् यिनलाई ठान, आमा सबै कि जननी हुन् जान ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
6
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर