Aamsanchar

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृ*त्यु, अन्य आठ जना घाइते

Author Image
बुधवार, वैशाख २६, २०८१

ताप्लेजुङ-ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार काबेली खोलादेखि डुम्रिसेको माखोजतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। सो दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो।

यस्तै ट्याक्टर दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजाँदै गरिएको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)