Aamsanchar

मक्कामदिना हज गर्न जाने हज यात्रीलाई बिदाइ तथा सम्मान

Author Image
शनिवार, वैशाख २९, २०८१

इनरुवा-सुनसरीको हरिनगर गाउँपालिकाबाट साउदी अरबको मक्कामदिना हज गर्न जाने हज यात्रीलाई बिदाइ तथा सम्मान गरिएको छ । यस वर्ष हरिनगरबाट ४५ जना हज यात्रामा जानेहरूलाई जानुअघि बिदाइ सम्मान गरेको हरिनगर १ का वडा अध्यक्ष प्रवीण गुप्ताले जानकारी दिनुभएको हो ।

मक्का मदिना धार्मिक तीर्थ यात्रामा जाने हज यात्रीहरूलाई एक कार्यक्रमका बिच बिदाइ तथा सम्मान गरिएको गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार यहाँबाट हज यात्रामा जानेहरूलाई शनिवार भुटाहामा बिदाइ तथा सम्मान गरिएको छ ।

हज यात्रीलाई गम्छा, टोपी तथा खादाले सम्मान र बिदाइ गरिएको हो । वडा अध्यक्ष गुप्ता सहित हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अंसारी, एमालेका नेता लस्करी अंसारी, वडाका हाजीहरूले हज यात्रीहरूलाई सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै बत्ताहरूले हज यात्रा महँगो भएको भन्दै त्यसलाई घटाउन सरकारसँग आग्रह गर्नुभयो । हजमा जानेहरूलाई हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले शुभयात्रा सहित धार्मिक तीर्थ यात्रा सफलताको कामना गर्नुभयो । उहाँले हजले जोड्ने र इमान्दारिता समेत सिकाउने भएकाले सोही अनुसारको पुण्य प्राप्तको शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर