Aamsanchar

सनलाइट कम्प्युटरद्वारा उत्रिर्ण विद्यार्थीलाई प्रमाणपत्र विवरण

Author Image
आइतवार, वैशाख ३०, २०८१

घोराही। सनलाइट कम्प्युटर इन्स्टिच्युटले सञ्चालन गरेको कम्प्युटर तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । राइटस्टेप एजुकेशन एकेडेमी प्रालि द्वारा सञ्चालित प्रोफेसनल डिप्लोमा र्यन कम्प्युटर एप्लिकेशन अन्तर्गत १ वर्षे कोर्षमा २०७९÷०८० मा अध्ययन गरी उत्तीर्ण भएका छात्रछात्राहरूलाई एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो ।

सनलाइट कम्प्युटर इन्स्टिच्युटका सञ्चालक प्रमिला डाँगीको अध्यक्षता घोराही उपमहानगरपालिका वडा नं १५ का वडाअध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के. शीतलको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा यस वर्ष उत्कृष्ट अङ्क ल्याई प्रथम हुने सिम्रन बस्नेत, द्वितीय हृदगृहा शर्मा र तृतीय रञ्जिता चौधरी लगायत उत्तीर्ण हुने सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै नवप्रवेशी विद्यार्थीहरूलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्ना विभिन्न सांस्कृतिक तथा साहित्यिक कलाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले युवाशक्तिहरू विदेश पलायन हुने समस्याले गर्दा देशमा बृद्धाहरुको मात्र बसोबास हुने चुनौती भविष्यमा रहेको हुँदा नेतृत्वकर्ताहरुमा मात्र भर नपरी हरेक युवाहरू आ–आफ्नो क्षेत्रबाट स्वतः स्फूर्त आयआर्जनको मार्गमा लाग्नुपर्ने बताउनुभयो । वडाबाट हुने विभिन्न सीपमुलक तालिममा युवाहरूको न्यनतम सहभागिता हुँदा प्रभावकारी हुन नसकेको उहाँको भनाई थियो । युवाहरुमा सीप सिक्नलाई सानो ठुलो र लाज मान्ने प्रवृत्तिले देश कहिलेपनि विकास हुन नसक्ने भएकोले सीपमूलक तालिमहरू लिइ रोजगारीमा बृद्धि भएमा मात्र देशमा आर्थिक उन्नति हुने पाण्डेले बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले एक वर्षसम्म सिकेको सीपलाई सदुपयोग गर्न सक्नु सबैभन्दा ठुलो चुनौति भएको हुँदा सहभागी सम्पूर्ण युवाहरूलाई सीपलाई कार्यान्वयनमा ल्याउन अनुरोध गर्नुभयो । यसरी छात्रवृत्ति प्रदान गरी सीप सिक्न पाउनु अति नै उत्तम कार्य भएको हुँदा व्यवहारिक रुपमा काम लाग्ने गरी सीप आर्जन गर्न जरुरी भएको जानकारी गराउनुभएको थियो ।

अनलाइन कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीहरूलाई सहुलियत हुने गरी तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरि विगत १४ वर्षदेखि निरन्तर सीपमूलक कम्प्युटरका विभिन्न तालिमहरू, लोकसेवाका तयारी कक्षहरू तथा विभिन्न भाषा कक्षहरू सञ्चालन गर्दै आएको छ । देशभरीका करिब ५६ भन्दा बढी स्थानहरूमा हरेक वर्ष दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा जेहनदार छात्रछात्राहरूलाई छात्रवृत्ति परीक्षा सञ्चालन गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई हरेक वर्ष एक वर्षे कम्प्युटर कोर्ष सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)