Aamsanchar

नचिनेका मानिसको समूहद्वारा स्कुल बसमा आगजनी

Author Image
आइतवार, वैशाख ३०, २०८१

चितवन – भरतपुर महानगरपालिका २० दद्रेनी खोला पुलमा नचिनेका मानिसको समूहले स्कुल बसमा आगजनी गरेको छ । विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बाग्मती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा छ जनाको समूहले आगजनी गरेर भागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

आगजनीबाट बस जलेर पूर्ण रूपमा क्षति भएको छ । बस जलाउने व्यक्तिहरूको पहिचान गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । बसमा लागेको आगो स्थानीय र प्रहरी मिलेर निभाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर