Aamsanchar

झापामा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण

Author Image
आइतवार, वैशाख ३०, २०८१

झापा- दमकमा एकै परिवारका पाँच जनासम्मलाई हात्तीपाइले रोग फेला परेको छ । हात्तीपाइलेविरुद्ध आम औषधी सेजनको क्रममा नयाँनयाँ हात्ती पाइले रोगको सङ्क्रमण भएका बिरामीहरु फेला पर्न थालेकाछन् ।

दमकको वडा नं. ९ मा एकै परिवारका पाँच जनामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधी सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधी सेवन कार्यक्रमको क्रममा नयाँनयाँ बिरामीहरु फेला परिरहेका छन् । ‘‘औषधी सेवनलाई सामान्य रुपमा लिएर इन्कार गर्दा समस्या धेरै देखिएको छ,’’ भट्टराईले भन्नुभयो ।

दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने गरेको उहाँको भनाइ छ । यो पटक ९० प्रतिशत पुर्याउने लक्ष्य भएपनि लक्ष्यमा पुगिनसकेको भट्टराईले बताउनुभयो ।

समाजमा प्रतिष्ठित तथा बुज्रुकहरुले समेत औषधी सेवन गर्न नमान्ने गरेको उहाँले जनाउनुभयो । जानेबुझेका र पढेलेखेकाहरु नै औषधी सेवन नगर्नेमा बढि रहेका उहाँको भनाइ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर