Aamsanchar

आज वृष संक्रान्ति

Author Image
सोमवार, वैशाख ३१, २०८१

वृष संक्रान्ति
हरेक महिनाको प्रथम दिन सङ्क्रान्ति हरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र हरेक सङ्क्रान्ति को यसै हिसाबले धेरै महत्त्वपूर्ण रहेको लाकोक्तिहरु छन् । बिहान बिहान राशि चक्रअनुसार टिभी या रेडिया, मोबाइल या पत्रिकामा राशिफल चाल पाउँदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशिसम्म पुगेर १२ वटा राशिका फलहरू अन्त्य हुन्छ र यी राशि चक्र महिनासँग समबन्धीत हुन्छन् ।

के हो वृष सङ्क्रान्ति ?
राशि चक्र महिनासँग समबन्धीत हुन्छन्, यसर्थमा आज सूर्य मेष अर्थात् पहिलो राशिबाट वृष अर्थात् दोस्रो राशिमा प्रवेश गर्दै छ ।सौर्य मान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष सङ्क्रान्ति भनिएको हो । यस वर्षको वृष सङ्क्रान्तिमा हामी सबैलाई स्वागत छ । ज्येष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला बादलहरू लगायत पश्चिमी हावाहरू खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?

जेठ अथवा ज्येष्ठ जे भनेपनि यो महिना भनेँ बडो गज्जबको महिना हो, असारका रोपाँईका लागी धानका बिउहरू छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नका लागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरू, बाँसका कलिला मुनाहरू अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरूको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।संयोग के छ भने आज सङ्क्रान्ति कै दिनमा सप्तमी तिथि पनि पर्न गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर