Aamsanchar

सीता जयन्ती आज

Author Image
बिहिवार, जेठ ३, २०८१

आज वैशाख शुक्ल नवमी, भगवती सीता उत्पत्ति भएको दिन । सीता जयन्तीको रुपमा मनाइँदैछ । सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ । जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा बालिका फेला पारेको र उनैलाई पुत्रीका रुपमा पालेर सीता नाम दिएको बताइन्छ ।

सीतालाई जानकी पनि भन्ने गरिन्छ । जानकीको अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भयो । पितृआज्ञा पालना गर्न राम बनवास जाँदा र रावणबाट हरण हुँदा पनि धर्म नत्यागेको कथा रामायणलगायत पुराणमा उल्लेख छ ।

रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले रानीको पद त्याग गरेर वनवास गएको रामायणमा उल्लेख छ । भूमिमा उत्पत्ति भएकी सीताले अन्त्यमा भूमिमै प्राण त्याग गरेको बताइन्छ । सीता जयन्ती रामनवमीको एक महिनापछि मनाइन्छ । सीतालाई नेपालकी राष्ट्रिय विभूति पनि मानिन्छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीका अवसरमा शुभकामना दिँदै सामाजिक र साँस्कृतिक विभेदको अन्त्य गरी प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अघि बढ्नुपर्ने बताउनुभएको छ । जगत् जननीका रूपमा पूजाअर्चना गरिने मातृशक्ति सीता मिथिलाभूमि नेपालकी सुपुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर