Aamsanchar

तुलसीपुर उपमहानगरमा शैक्षिक सुधार अभियान

Author Image
बिहिवार, जेठ ३, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ ।

उपमहानगर प्रमुख टिकाराम खड्का अनुसार उपमहानगर भित्रका विद्यालयका प्रधानाध्यापक सँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने छ । त्यसैगरी शिक्षकले प्रधानाध्यापक सँग करार सम्झौता गर्नुपर्ने छ ।

सामुदायिक विद्यालयको स्तर खस्किदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौता गर्न लागिएको हो । ‘सामुदायिक विद्यालयको स्तर खस्किदो क्रममा छ ।’ उपमहानगर प्रमुख खड्काले भन्नुभयो, ‘त्यसलाई सुधार्न करार सम्झौता गर्न लागेका हौँ ।’ सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिने छ ।

राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन गर्न सेवासुविधा थप गरिने उपमहानगरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)