Aamsanchar

पाथिभरा देवीको कृपा । आजको राशिफल । ४ जेठ २०८१, शुक्रवार

Author Image
बिहिवार, जेठ ३, २०८१

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । गरेको काममा ढिलासुस्ती हुनसक्छ । पढाइलेखाइमा पनि बाधा पुग्नेछ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर