Aamsanchar

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याइयाे

Author Image
सोमवार, जेठ ७, २०८१

काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथलाई हिजो लगनखेल पुर्‍याइएको छ । हिजो रथलाई टंगलबाट तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो । आज बेलुकी पञ्चबली पुजा हुँदैछ ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा

महाबली पूजा गरिन्छ । यो वर्ष रथमा समस्या भएकोले सुन्धारादेखि लगनखेल पुर्‍याउन समय लागेको छ । जेठ २ गते सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा शुरु भएको थियो । यस क्रममा रथ निकै ढल्किएकोले ४ गते रथयात्रा रोकेर मर्मत गरिएको थियो । त्यसपछि अस्ति ५ गतेदेखि रथयात्रा फेरि शुरु भएकोमा हिजो लगनखेल पुर्‍याइएको हो ।

विगतका वर्षहरुमा सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा दुई दिनको हुने गथ्यो। रथलाई आज र भोलि लगनखेलमा राखिन्छ । पर्सि नरिवल खसाल्ने जात्रा हुनेछ । नरिवल खसाल्ने जात्रापछि शुभ साइत निकालेर रथ जावलाखेलमा पुर्‍याइन्छ ।

जावलाखेलमा राष्ट्र प्रमुखलगायत विशिष्ठ व्यक्तिहरुसामु भोटो देखाएपछि यस वर्षको रथयात्रा सकिन्छ । भोटोे देखाएपछि मच्छिन्द्रनाथलाई त्यसै दिन खटमा राखेर बुङमति लैजाने चलन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर