Aamsanchar

सशस्त्रबाट पहिलाे पटक सगरमाथा आरोहणमा, प्रहरी निरीक्षक सुरजले टेके चुचुरो

Author Image
मङ्गलवार, जेठ ८, २०८१

काठमाडौँ – सशस्त्रका प्रहरी निरीक्षक सुरज पौडेलले इतिहासमै पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै सोमवार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

सोमवार बिहान १० : २० बजेको समयमा उनले सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागबाट २०८० साल चैत्र २८ गते हिमशिखर आरोहण अनुमति प्राप्त गरेका उनी सगरमाथामा आरोहणका लागि गत चैत्र ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए।

गत जेठ ३ गते सशस्त्र प्रहरी निरीक्षक पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेकोमा सोमवार चुचुरोमा पुगेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)