Aamsanchar

एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन जेठ १३ गते

Author Image
मङ्गलवार, जेठ ८, २०८१

बिर्तामाेड  : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन जेठ १३ गते बिर्तामोडमा हुने भएको छ । आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै  सो कुराको जानकारी दिईएको हो । बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको पार्टी प्यालेसमा अधिवेशनको उद्घाटन गरिने अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
साथै दोस्रो नगर अधिवेशनको लोगो पनि सार्वजनिक गरिएको छ । पार्टी केन्द्रीय सदस्य गिता अधिकारीले लोगो सार्वजनिक गरेकी हुन् ।
आयोजकसहित भूगोल, जनवर्गीय संगठन,मजदुर र मुक्ति समाजबाट ४९९ जना प्रतिनिधि सहभागी हुने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नेछन् । उक्त अवसरमा साविक अनारमनी, गरामनी र चारपाने गाविसका पार्टी प्रमुखहरुलाई सम्मान गरिने बताइएको छ ।
अधिवेशनबाट नगरको नयाँ नेतृत्व सर्वसम्मत गरिने भट्टराईको भनाई थियो । सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने छ । ०७८ कार्तिक १६ गते भएको प्रथम नगर अधिवेशनबाट निर्वाचित कमिटीको कार्यकालमा तीनै तहको निर्वाचनमा विजयी हासिल गर्न सफलता हासिल भएको बताइएको छ ।
नगर अधिवेशनको पूर्वसन्ध्यामा जेठ १२ गते बिर्तामोड सरसफाई कार्यक्रम आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा एमाले नेता देवराज कार्कीसहित नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर