Aamsanchar

प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Author Image
शनिवार, जेठ १२, २०८१

मोरङ – नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा कटहरी गाउँपालिका(३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ।

पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीउपर ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर