Aamsanchar

बङ्गालको खाडीमा सामुद्रिक आँधी : नेपालमा कस्ताे प्रभाव पर्छ ?

Author Image
आइतवार, जेठ १३, २०८१

काठमाण्डौ – बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात अर्थात् सामुद्रिक आँधीको प्रभाव नेपालमा सामान्यमात्रै पर्ने भएको छ । चक्रवात उत्तर–पूर्व हुँदै बहने भएकोले नेपालको कोशी र मधेश प्रदेशमा सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले जानकारी दिनुभयो ।

चक्रवातको प्रभावका कारण कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी र वर्षा गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि मङ्गलवार र बुधवार कोशी प्रदेशमा तराई र मध्य प्रदेशसम्मका केही ठाउँमा हावाहुरीसहित मुसलधारे पानी पर्ने पनि सम्भावना रहेकोले सचेतता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।

भारतको मौसम विभागले उडिसा, पश्चिम बङ्गाल, आसाम र मेघालयमा मुसलधारे वर्षा र हावाहुरी चल्ने भन्दै ´रेड अलर्ट` जारी गरेको छ । प्रि–मनसुन सिजनमा बङ्गालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो । ´रेमल` नाम दिइएको यो चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने भारतीय मौसम विभागको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर