Aamsanchar

११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा प*क्राउ

Author Image
मङ्गलवार, जेठ १५, २०८१

बुटवल –अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गत वैशाख ३१ गते नाबालिकासँग बिहे गरेको आरोपमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-४, पटौटीका अम्मरबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ३० वर्षीय रानाले ११ वर्ष ७ महिना पाँच दिनकी नाबालिकासँग बिहे गरेको सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी)प्रतित सिंह राठोरले रानालाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरेको बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)