Aamsanchar

गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Author Image
शुक्रवार, जेठ १८, २०८१

गृहमन्त्री रवि लामिछाने । फायल फोटो

काठमाडौं । ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवकको रुपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै शुक्रबार कृष्ण विक, रविन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्ज्वल माली, इमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । 

रिट निवेदनको पेशी आइतबारलाई तोकिएको  छ । रिटमा देशमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन र उसले बोलेको भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेषणको आदेशबाट उक्त आदेश खारेजको माग गरिएको छ ।

गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय गरेका थिए । लगत्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्रीको निर्देशनअनुसार ट्राफिक कारबाहीमा परेकाहरूलाई विभिन्न चोक तथा सडकमा स्वयंसेवकका रुपमा खटाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर