Aamsanchar

एमाले सुनसरी जिल्ला अध्यक्ष निलमको निधन

Author Image
बिहिवार, जेठ २४, २०८१

सुनसरी – नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ।

लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिनअघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष खनाललाई परिवारका सदस्यहरूले उपचारका लागि हैदरावाद लैजाने क्रममा रेलभित्र बिहीबार बिहान २ बजे निधन भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए।

खनाल जेठ ५ देखि ७ सम्म आयोजित एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका थिए। उनले अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका थिए।

बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए।

एमाले सुनसरीको अध्यक्षमा निर्वाचित हुनुअघि खनाल उपाध्यक्ष थिए। उनी यसअघि सुनसरीकै बराहक्षेत्र नगरपालिकाको मेयर पनि हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर