Aamsanchar

सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्री बन्ने

Author Image
बिहिवार, जेठ २४, २०८१

जनकपुरधाम – जनमत पार्टीले सतिश सिंहलाई मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टी सचिव विपी साहले जानकारी दिए।

मधेसमा जनमनको नेतृत्वमा सरकार बनाउन एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति भइसकेको छ।

संसदीय दलका नेता महेशप्रसाद यादवलाई रोकेर जनमत पार्टीले अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। उी सप्तरी क्षेत्र–२ ९क०बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो।

मधेश प्रदेशका मुख्यमन्त्री तथा जसपाका नेता यादवले हिजो प्रदेश सभा बैठकमा विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो। मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा जम्मा ५० मतपरेको थियो भने विपक्षमा ५३ मत परेको थियो। १०७ सदस्यीय मधेश प्रदेशसभाको हिजोको बैठकमा १०३ सांसद उपस्थित थिए।

यादव २०७९ पौष २७ मा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यादव नेतृत्वको सरकार ढलेस‌ँगै झण्डै साढे ६ वर्षको अवधिपछि जसपा नेपाल मधेस सरकारबाट बाहिरिएको छ। अघिल्लो प्रदेश सभामा जसपा नेपालकै लालबाबु राउतले ५ वर्ष नेतृत्व गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर