Aamsanchar

पृथ्वी लोकमा गङ्गाको अवतरण र दशहरा स्नान को सुरुवात

Author Image
शुक्रवार, जेठ २५, २०८१

ज्येष्ठ शुक्ल प्रतिपदाको महत्त्व अत्यधिक छ । आजको तिथिमा नै वैदिक कालमा भागीरथीले गङ्गाको पृथ्वी लोकमा आगमन गराएका हुन् । यस अगाडि पवित्र गङ्गा देवलोकमा मात्र बहने गरेको तर यसपछि गङ्गाको अवतरण पृथ्वी लोकमा भएको विश्वास छ । यसरी ज्येष्ठ शुक्ल प्रतिपदाको माता गङ्गाको आगमनको तिथिमा तुलसीको वीज रोपेर अनि पवित्र स्नानको शृङ्खलाहरू सुरु गर्ने चलन छ । यिनै स्नानको शृङ्खलालाई दशहरा स्नान भनिन्छ ।

कहिलेसम्म चल्छ दशहरा स्नान ?
प्रतिपदादेखि एकादशीसम्म १० दिन चल्ने पवित्र स्नानका यी शृङ्खलाहरूमा हरेक दिन एक प्रकारको पाप नाश हुने विश्वास छ । यसरी दश दिनमा दश प्रकारका पापहरूबाट मुक्ति पाउने भएकाले नै दशहरा स्नान भनिएको हो । ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।

कसैले नदिई कुनै वस्तु लिनु, विना यज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, पर निन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पु¥याउने इच्छा राख्नु र विना कारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर