Aamsanchar

नेपाल स्कुल खेलकुद महासंघ र युरो स्कुल बीच समझदारी पत्रमा हस्ताक्षर

Author Image
शनिवार, जेठ २६, २०८१

सुनसरी ।  नेपाल स्कुल खेलकुद महासंघ (एनएसएसएफ)युरो स्कुल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

खेलकुदलाई शैक्षिक क्षेत्रमा थप व्यापक रूपमा एकीकृत गर्दै विद्यालय खेलकुदको प्रवर्द्धन र विकासलाई अभिवृद्धि गर्ने लक्ष्यको लागि यो हस्ताक्षर भएको एनएसएसएफका महासचिव तथा अन्तराष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी समिति सदस्य राजकुमार कार्कीले जानकारी दिए ।

एनएसएसएफका महासचिव कार्की र युरो स्कुल नेपालकी संस्थापक प्रिन्सिपल शैलजा अधिकारीको सम्झौता पत्रमा हस्ताक्षर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)