Aamsanchar

माओवादी केन्द्रकाे ताप्लेजुङ-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित

Author Image
आइतवार, जेठ २७, २०८१

ताप्लेजुङ-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङ-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा धनजित सावाँ चयन हुनुभएको छ। सम्पर्क समन्वय समितिको नवौँ अधिवेशनले सावाँको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

काठमाडौँको चाबहिलमा  सम्पन्न अधिवेशनले चयन गरेको कार्यसमिति उपाध्यक्षमा निरोज लिबाङ, दावा इलावा र बिमला वनेम रहनुभएको छ। यस्तै सचिवमा प्रोसेष गौतम, सहसचिवमा दिनेश सावाँ र कोषाध्यक्षमा सुवास नाल्बो चयन हुनुभएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति सह-इन्चार्ज झक्कुप्रसाद सुवेदी, केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय समिति कोशी प्रदेश इन्चार्ज करुणा बस्नेत, सचिव नन्द वनेमलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर