Aamsanchar

कनकाईमा राधिका फाउण्डेसनले बालबालिकाहरूलाई आवासीय सुविधासहित पठनपाठन गराउन सुरु 

Author Image
मङ्गलवार, जेठ २९, २०८१

कनकाई ।  झापाको कनकाई नगरपालिका–६ मनसापुरमा १४ जना बालबालिकाहरूलाई आवासीय सुविधा सहित निःशुल्क पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ ।
राधिका फाउण्डेसनले बालबालिकालाई गुरुकुलीय पद्धति संस्कृत शिक्षा प्रदान गर्न सम्पूर्ण व्यवस्थापकीय जिम्मा लिएको हो ।

आज एक कार्यक्रमका बिच फाउण्डेसनकी अध्यक्ष राधिका दासीले बालबालिकालाई स्वागत गर्दै भनिन ‘धर्म, संस्कृति, नैतिक शिक्षा प्रदान गरेर कुशल र सबल नागरिक तयार पार्ने फाउण्डेसनको उद्देश्य रहेको छ,  यस सत्कर्मका लागि स्थानीय सरकार, नागरिक समाजको साथ र सहयोग अपरिहार्य रहन्छ । आउँदा वर्षहरूमा वटुक संख्या बढाउदै लाने र  देशका सबै ठाउँका इच्छुक बालकहरूलाई यो सुविधा प्राप्त हुने छ ।’

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट राधिका फाउण्डेसन भवन निर्माण लाई पूर्णता दिन नगरले पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता भएको र भवन निर्माणकै लागि आजै केही स्थानीय हरुबाट आर्थिक सहयोगको प्रतिवद्धता प्राप्त भएको राधिका फाउण्डेसनका जविन तिम्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)