Aamsanchar

विद्यार्थीले बनाए जेब्रा क्रसिङ

Author Image
बुधवार, जेठ ३०, २०८१

कावासोती-सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघ लुम्बिनी आदर्श माविले कावासोती नगरपालिकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण थालेको छ । जिल्ला ट्राफिक कार्यालयसँग समन्वयन गरी कावासोती नगरपालिकाका भित्री सडकमा रहेका विद्यालयहरू र चोकमा नेविसंघले जेब्रा क्रसिङ निर्माण गरेको हो ।

बढी भिडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको आयोजक समितिका सभापति सुजल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कावासोती नगरपालिका २ को बि।पी चोक, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती ८ र लुम्बिनी आदर्श डिग्रीकलेज को भित्री सडक गरी चार ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिसकिएको छ । अब कावासोती नगर भित्रका १५ विद्यालयहरू र चोकमा जेब्रा क्रसिङ्ग बनाइने छ ।’’

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख अच्युतराज आर्चायले विद्यालय, बजार क्षेत्र र बढी भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने ट्राफिक प्रहरीको योजना छ । यात्रुले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आएका सवारी साधनले नदेखेर दुर्घटना हुनसक्ने भएकाले जेब्रा क्रसिङ निमार्ण गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

जिल्ला अध्यक्ष हरि सुवेदी, नेविसंघ पूर्व केन्द्रीय सदस्य आर।सी भट्टराई, पूर्व जिल्ला उपाध्यक्ष लक्षु रिजाल, जिल्ला सदस्यहरू जितु खड्का, हुमन पाण्डे, सुदिप चापागाईँ, नगर सभापति कुमार क्षेत्री, लुम्बिनी कलेज सभापति प्रज्वल क्षेत्री लगायत जेब्रा क्रसिङ निमार्ण मा खटिनु भएको छ । कावासोती नगर मात्र नभई आगामी दिनमा समेत यस्ता गतिविधिलाई जिल्लाका विभिन्न ठाउँमा निरन्तरता दिने जिल्ला अध्यक्ष हरि सुवेदी जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर