Aamsanchar

घरबाटै सम्पर्कविहीन बनेका नाबालकको शव नहरमा फेला

Author Image
बिहिवार, जेठ ३१, २०८१

विराटनगर – घरबाटै सम्पर्कविहीन बनेका एक जना नाबालकको शव मोरङको बेलबारी नगरपालिका–६ स्थित नहरमा भेटिएको छ । प्रहरीका अनुसार बेलबारी–६ का विनोद वनका ६ वर्षीय छोरा विवश वनको शव बिहीबार बिहान ९ बजेतिर भेटिएको हो । विवश बुधबार साँझदेखि सम्पर्कविहीन बनेका थिए ।

खोजी गर्दा पनि फेला नपरेपछि अभिभावकले प्रहरीलाई घटनाको जानकारी गराएका थिए । प्रहरीसहितको टोलीले खोजतलास गर्ने क्रममा घरनजिक रहेको नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर