Aamsanchar

जुवातास खेल्दै गरेको अवस्थामा २२ जना प*क्राउ

Author Image
शुक्रवार, जेठ ३२, २०८१

काठामडौं – जुवातास खेल्दै गरेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण माईतीनेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहराबाट २२ जनालाई पक्राउ गरिएको हो ।जुवा खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रूपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर