Aamsanchar

कनकाईका वडाध्यक्ष थापाको निधन

Author Image
आइतवार, असार २, २०८१

झापा – कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १.५० बजे निधन भएको छ ।

थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहनुभएको थियो । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

थापाको पार्थिक शरीरलाई आइतबार बिहान १ घण्टा वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर