Aamsanchar

बिर्तामोड सन्त पावल बिलिभर्स इस्टर्न चर्चमा शोक स्मृति सभा

Author Image
आइतवार, असार २, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सन्त पावल बिलिभर्स इस्टर्न चर्चमा शोक स्मृति सभा सम्पन्न भएको छ ।
बिलिभर्स इस्टर्न चर्च समुदायका संस्थापक हिज होलिनेस मोरान मोर अथनेसियस योहान प्रथम मेट्रोपोलिटेन्ट निधन प्रति शोकसभा गरिएको हो ।
दक्षिण भारत निवासी इसाई धर्म प्रचारक, मानव कल्याणका लागि विभिन्न सामाजिक कार्यगरेर विश्व इसाईसमाजका पथप्रर्दशक बनेका हिज होलिनेस को ७४ वर्षको उमेरमा गत ८ मे २०२४ मा निधन भएको थियो ।

शोक सभामा हिज होलिनेसले नेपाल प्रति देखाएको सदभाव र सहयोगको चर्चा गरिएको थियो । हिज होलिनेसले इसाई धर्म र समाजका लागि विश्वका २० वटा मुलुकमा बिलिभर्स इस्टन चर्च स्थापना गराएका थिए । हाल बिलिभर्स इस्टन चर्चमा ४० लाख भन्दा धेरै मानिसहरू आस्थारत रहेका छन् ।
नेपाल भारत लगायत विभिन्न देशमा हस्पिटल, इन्जिनियरिङ कलेज, इङ्लिस स्कुल, बाइबल कलेज, होप फर चिल्ड्रेन प्रोजेक्ट द्वारा निशुल्क टिउसन पढाउने कार्य, टेलरिङ सेन्टर, कुष्ठरोगीलाई उपचार गराउने जस्ता सामाजिक कार्यहरू गरेका थिए ।

त्यसैगरी नेपाल भारत र अन्य देशहरूमा ३० हजार भन्दा धेरै शुद्ध पिउने पानीको धारा जडान गराएका थिए । उनले विभिन्न स्थानमा बसोबास गर्ने विपन्न वर्गलाई पशुचौपाया बितरण, प्रौढ शिक्षा, जनचेतना मूलक कार्यक्रमहरू, स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ, राहत वितरण, भुकम्प, कोरोना, बाढी पहिरो पीडितहरूका लागि ३२ हजार शौचालय निर्माण समेत गरेका थिए ।
३५ हजार भन्दा धेरै महिला दिदीबहिनीहरूलाई सीपमूलक तालिम, ६० हजार भन्दा धेरै कुष्ठरोगीको निशुल्क उपचार, १३ लाख वटा झुल वितरण, १२ लाख जनालाई निशुल्क स्वास्थ्य  परिक्षण, भारतको उडिसा राज्यमा मात्रै सुनामी पीडित १ हजार परिवारको लागि घर निर्माण गराएको फादर जगतबहादुर वाग्लेले जानकारी दिए ।

बिलिभर्स इस्टर्न चर्च बिर्तामोडका डायोसीस भिकार जनरल रेभ फादर चित्रकुमार रुपाचाको सभापतित्वमा आयोजित शोक सभामा प्रमुख अतिथि कोशी प्रदेश उर्जा, सिचाई तथा खानेपानी मन्त्री एकराज कार्कीले नेपाल देश कुनैपनि धर्मको नरहेको र देशमा रहेका नागरिकहरुले मान्ने सबै धर्म संस्कृतिहरुको रक्षा र संरक्षण राज्यले गर्ने र इसाई समाजमा रहेका विश्वासीहरुले देखाएको सतमार्ग, अनुसाशन र मेलमेलिलापको भावनाको सम्मान जनाउदै  हिज होलिनेस प्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

त्यसैगरी शोक सभामा कोशी प्रदेश सांसद नेपाली कांग्रेसका नेता प्रदीप सुनुवार, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी, झापा जिल्ला इसाई समाजका अध्यक्ष पास्टर अमर आले, शिवराज भण्डारी, फादर सञ्जय एक्का, पास्टर एण्डी थुलुङ, सानाहात नेपाल काँकडभिट्टाका अध्यक्ष रमेश गुरुङ, भारत सिलिगुडीबाट आएका किशोर तिखत्रीलगायतले शोक मनतव्य राखेका थिए ।

सभाकै क्रममा स्वर्गीय हिज होलिनेसको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । हरेक वर्ष विपन्न, बालबालिका, अपाङ्गगता र मानवसेवा क्षेत्रमा सेवा गर्ने अक्षयकोषको उद्देश्य रहेको छ । कोषबाट हरेक वर्ष ३० हजार रुपैयाँ बराबरको सहयोग गरिने रेफ फादर चित्र कुमार रुपाचाले जानकारी दिएका छन् । बिलिभर्स इस्टर्न चर्च झापा जिल्ला परिषद अध्यक्ष फादर जगतबहादुर वाग्लेले १०१ रुपैयाँ अक्षयकोषमा राखेर कोषको सुरुवात गरेका छन् । 

कार्यक्रममा स्वागत फादर जगतबहादुर वाग्लेले गरेका थिए भने कार्यक्रमको सञ्चालन रेभ फादर कुमार परियारले गरेका थिए । शोक सभामा झापा जिल्लाका विभिन्न चर्चहरूबाट करिव ३ सय भन्दा धेरैजनाको उपस्थिति रहेको थियो ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर