Aamsanchar

झापाको मेचीनगरमा चट्याङले एक हल राँगा मरे, १ लाख ५० हजार बराबरको क्षति

Author Image
सोमवार, असार ३, २०८१

झापा- चट्याङले लागेर झापाको मेचीनगरमा एक हल राँगा मरेको छ । आज बिहान ४ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिराखेको दुईवटा राँगा अबिरल बर्षासंगै परेको चट्याङ लागेर मरेको हो । जसबाट १ लाख ५० हजार बराबरको क्षति भएको छ । चट्याङले लागेर सोही गोठमा बाँधिराखेको एउटा माउ भैसीको देब्रेपट्टिको करङमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर