Aamsanchar

आज पनि काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन

Author Image
सोमवार, असार ३, २०८१

काठमाडौं – महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ। आइतबारदेखि शुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन्। उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

कबाड व्यवसायीहरुले सोमबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्। कबाड व्यवसायीहरुले प्रदर्शनमा छोटे राजाहरुको आतंक बन्द गर्, कबाड व्यवसायीको रक्षा गर्, कानूनी शासन लागू गर्, अदालतको निर्णयको सम्मान गर् जस्ता नारासहित प्लेकार्डसमेत प्रदर्शन गरेका हुन्।

रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ। कबाड व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन्।

महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो। तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजरसमेत चलाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर