Aamsanchar

सिरहामा ह*त्या आरोपमा पाँचजना प*क्राउ

Author Image
मङ्गलवार, असार ४, २०८१

सिरहा –सिरहामा हत्या आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–१२, ठठियाका ३० वर्षीय राकेश यादवको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका–१, गौराहाका २० वर्षीय आनन्द सदायसहित पाँचजना छन् । सोमबार(हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शनिबार राति उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको उपचारका क्रममा मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर