Aamsanchar

बिर्तामोडको मुक्तिचौकमा पिकअपकाे ठक्करबाट बृद्धाकाे मृत्यु

Author Image
मङ्गलवार, असार ४, २०८१

फायल तस्बिर

झापा- सवारी दुर्घटनामा परेर एक वृद्धाको ज्यान गएको छ । मङ्गलवार बिहान बिर्तामोडमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ६६१३ नम्बरको मे १ च ६६१३ न.को छोटा हात्तीले बिर्तामोडको मुक्तिचौकमा बाटो काट्दै गरेकी पैदलयात्री मोरङ रतुवामाई ८ की ७० वर्षीया टङ्कमाया सुवेदीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते सुवेदीलाई उपचारका लागि बीएण्डसी हस्पिटलमा पुर्‍याइएको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर