Aamsanchar

संसद भवन भित्र २२ वर्षीय प्रहरी जवानले आफैँलाई गोली हाने, घटनास्थलमै मृ*त्यु

Author Image
बुधवार, असार ५, २०८१

काठमाडौं – संघीय संसद भवन भित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।

आफैँलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको हो। बिहान ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका २२ वर्षीय प्रअजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेका हुन्।

प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको हो।

अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर