Aamsanchar

पशुपतिको भेटी चोरी प्रकरणमा चारजना थुनामा, एक जनालाई तीन लाख धरौटीममा छाड्ने आदेश

Author Image
बुधवार, असार ५, २०८१

काठमाडौं – पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ। अर्का एक जनालाई तीन लाख धरौटीममा छाड्ने आदेश दिएको छ।

भेटी चोरीमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका प्रवक्ता मेलिस बास्कोटाले जानकारी दिए।

अर्का प्रतिवादी सत्यनारायण जोशीलाई ३ लाख रुपैंया धरौटीमा छाड्ने आदेश भएको उनले बताए। जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्धा दायर गरेको छ।

भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ। विगत ६ महिनादेखि संकलित भेटी चोरी गरेको प्रतिवादीहरुहरुले स्वीकारेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर