Aamsanchar

भारतमा विषाक्त मदिरा सेवनबाट एकै दिन २५ जनाको मृ*त्यु

Author Image
बिहिवार, असार ६, २०८१

भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट एकै दिन २५ जनाको मृत्यु भएको छ ।

तमिलनाडुको कल्लाकुरिचीमा गएराति भएको घटनामा अरु ६० जनाभन्दा बढी गम्भीर बिरामी भएका छन् । यो घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुुरु गरेको छ ।

ती व्यक्तिबाट झण्डै २०० सय लिटर विषाक्त मदिरा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । अधिकारीहरुका अनुसार प्याकेटमा पाइने ज्यान गुमाउनेमा अधिकांश दैनिक ज्यालादारी मजदुर छन् ।

यो घटनापछि राज्य सरकारले अनुसन्धानको जिम्मा सीआईडीलाई दिँदै कल्लाकुरिचीका डीएम श्रवण कुमारको सरुवा गरेको छ। साथै एसपी समय सिंह ‘मिना’सहित ९ प्रहरी अधिकारीलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर