Aamsanchar

दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण

Author Image
बिहिवार, असार ६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री शर्माले सरकारले दुग्ध किसानलाई ५ अर्ब भन्दा बढी भुक्तानी गर्न बाँकी रहेको बताउदै तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।

उनले किसानहरु काठमाडौँ आएर प्रदर्शनको तयारी गरिरहेको बताउदै आन्दोलनमा उत्रिएपछि माग सम्बोधन गर्ने प्रचलन अन्त्य गर्नुपर्ने बताए । उनले प्रजातन्त्रमा एक जनाले पनि आफ्नो माग राखेर प्लेकार्ड बोकेमा पनि सुन्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
100
+1
5
+1
30
+1
7
+1
20
+1
4
+1
9
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर