Aamsanchar

अवैध रकमसहित पक्राउ परेका एक जना गौर भन्सार कार्यालयबाट फरार

Author Image
शुक्रवार, असार ७, २०८१

रौतहट – स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजना भारतीय नागरिक गौर भन्सार कार्यालयबाट फरार भएका छन्। सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकमसहित बिहीबार पक्राउ गरेको थियो। उनलाई रकमसहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बाहानामा भन्सार कार्यालयको पश्चिम गेट हुँदै भारततर्फ भागेका थिए।

सशस्त्र प्रहरी बल रौतहटले भने बिहीबार साँझ आफूहरूलाई छक्याएर फरार भएका दाबी गरेको छ। सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो।

सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए। भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापारबाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ।

उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए। त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर