Aamsanchar

झापामा लागु औषधसहित दुई जना पक्रा*उ

Author Image
शुक्रवार, असार ७, २०८१

झापा- लागु औषधसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले जिल्लाको किसनजंग कुतवाभिट्टा नयाँ टोल बस्ने ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमललाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरुबाट ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । बिहीबार पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेसँगै जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर