Aamsanchar

नाबालिकालाई स्पा सेन्टरमा राखेर यौन क्रियाकलापमा लगाउने प*क्राउ

Author Image
शुक्रवार, असार ७, २०८१

काठमाडौं – नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले स्पा सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मखमली माया स्याङ्तान र रेशम गुरुङ रहेका छन् ।

ब्युरोका अनुसार, उनीहरूले काठमाडौंस्थि ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा नाबालिकालाई विभिन्न किसिमको डर र प्रलोभन देखाएर यौन यौन क्रियाकलापमा लगाएको पाइएको छ ।

जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३२१)र परिवर्तित नाम २६ बबरमहल (३२२)लाई ०८० कार्तिकदेखि स्पा सेन्टरमा राखेर यौन क्रियाकलापमा लगाएको पाइएको ब्युरोले जनाएको छ ।उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको अनुमति पाएर ब्युरोले अनुसन्धान थालेको छ ।

प्रारम्भिक अनुसन्धानबाट रेशम गुरुङले सुरुमा आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका नाबालिकाहरूसँग टिकटकबाट कुराकानी गरेर राम्रो आम्दानी हुने ब्युटी पार्लरमा काममा लगाइदिने प्रलोभन देखाउने गरेको खुलेको छ । त्यसपछि उनले आउने गाडी भाडासमेत पठाएर काठमाडौं बोलाउँथे ।

नाबालिकालाई काठमाडौं झिकाएपछि उनले टोखामा रहेको सन फ्लावर स्पा सेन्टरमा मासिक १० हजार रुपैयाँ तलब दिने बताएर स्पा सेन्टरमा पुर्‍याउँथे । आफूले समेत पटकपटक करणी गरेर उनले नाबालिकालाई स्पा सेन्टरमा जबरजस्ती ग्राहकसँग यौन क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको छ ।

सनफ्लावर स्पा सेन्टरमा यौन क्रियाकलापमा लगाइसकेसपछि नाबालिकालाई मखमली माया स्याङ्तानले ठमेलमा ए वान स्पा सेन्टर ल्याएर जबरजस्ती यौन क्रियाकलापमा लगाएको खुलेको छ ।

सुरुमा उनीहरूले नाबालिकालाई आफूले सञ्चालन गरेको मसाज सेन्टरमा मसाजसम्बन्धी तालिमसमेत दिने र विस्तारै केही दिनपछि मसाज सेन्टरमा आएका व्यक्तिहरूको इच्छा अनुसार शारिरीक सम्पर्क राख्न लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ ।

उनीहरूले मसाज सेन्टरमा आएका व्यक्तिहरूबाट प्रतिव्यक्ति दुई हजारदेखि तीन हजारसम्म लिने गरेको पाइएको छ ।

त्यतिमात्र नभएर उनीहरूले नाबालिकालाई विभिन्न होटल तथा गेस्टहाउसहरूमा समेत यौन क्रियाकलापका लागि पठाउने गरेको खुलेको छ ।

उनीहरूले नाबालिकाहरूलाई स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडियोहरू देखाएर आफन्तहरूलाई पठाइदिने धम्कीसमेत दिने गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर