Aamsanchar

पर्वतमा पानी पोख्ने अभियान

Author Image
शनिवार, असार ८, २०८१

पर्वत – वर्षा याम सुरु भएसँगै लामखुट्टेको प्रकोप बढ्दा डेंगीको जोखिम पनि बढ्ने भएकोले पर्वतमा पानी पोख्ने अभियान चलाइने भएको छ।

गर्मी मौसम तथा वर्षायामसँगै लामखुट्टेको प्रकोप बढ्दै गइरहेको र यसले गत वर्ष जस्तै पर्वतमा पनि डेंगीको सङ्क्रमण गराउन सक्ने भएकोले यही असारको १२ र १३ गते जम्मा भएर बसेको वा राखिएको पानी पोख्ने अभियान सञ्चालन गर्न लागिएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले उक्त दिन बिहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्क सप, कवाडी सङ्कलन केन्द्र, नागरिकका घर तथा पसल सहितमा समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाउन लागिएको हो।

गत वर्ष जिल्लाका कुल दुई सय २५ जनामा डेंगी सङ्क्रमण भएको भन्दै उनले डेंगी लाग्नुको कारण र यसको नियन्त्रणमा नागरिकले अवलम्बन गर्न सक्ने कामको बारेमा सचेतना फैलाउनको लागि यो अभियान सुरु गर्न लागिएको उनको भनाइ छ। घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानी, लगायतका कारण लामखुट्टेले फूल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगीको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले अभियानमार्फत जिल्लाभर नै सरसफाइको सन्देश दिन खोजिएको कार्यालय प्रमुख शर्माले बताए।

पर्वत अस्पतालका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायले उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुने लगायतका लक्षणहरू देखिएमा डेंगी भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउन सुझाए। एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकोले दिउसोमा भन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर