Aamsanchar

झापा : एकै गाउँका तीन किशोरी बेपत्ता

Author Image
शनिवार, असार ८, २०८१

दमक- झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि तिनका परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।

१३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधवारदेखि बेपत्ता भएका भएको किशोरीहरूका परिवारले जानकारी दिएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भएको छ । ३ जना एकैसाथ किशोरी हराउनु र ४ दिनसम्म फेला नपर्नु ठुलो चिन्ताको विषय बनेको छ, राईले भन्नुभयो ।

एकसाथ समूहमै किशोरीहरू बेपत्ता भएको जनाइएको छ । बेपत्ता किशोरीहरूको परिवार र गाउँ नै चिन्तित बनेर चारैतर्फ खोजी गरिरहेको भए पनि केही पत्ता नपाएपछि पालिका र प्रशासनको शरणमा पुगेको बताइन्छ ।

आफ्ना छोरीहरू बेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा अभिभावकले लिखित हुलिया सहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको र खोजीका लागि विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राईका अनुसार गाउँपालिकाले इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापासँग भेटेर र प्रमुख जिल्ला अधिकारी, जिल्ल प्रहरी कार्यालय झापाका प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखसँग फोनमार्फत किशोरीको खोजीका लागि पहल गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर