Aamsanchar

माछा मार्ने क्रम्मा खोलाले बगाउँदा एक शिक्षकको मृ*त्यु, ६ को उद्धार

Author Image
आइतवार, असार ९, २०८१

सुर्खेत – भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका– १ तारेचौर नजिक खोलामा माछा मार्ने क्रम्मा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइतेको उद्धार गरिएको छ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेको समयमा एक्कासी खोलामा आएको बाढीले बगाउँदा कुशे गाउँपालिका –९ का इन्द्रबहादुर रोकायको बगेर मृत्यु भएको कुशे गाउँपालिकाकाकी उपाध्यक्ष देविका सिंहले जानकारी दिइन्।

रोकाय मालटाकुरा माध्यमिक विद्यालय कुशेका शिक्षक हुन्। बाढीले बगाएर घाइते हुनेहरुमा कुशे– ४ तम्ती का राजेन्द्रबहादुर शाही, खिम बहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौर गोविन्द रावत दीपेन्द्र बहादुर चलाउने रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर