Aamsanchar

एसिटिलिन ग्यास प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह

Author Image
आइतवार, असार ९, २०८१

काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेको विभागकी महानिर्देशक डाक्टर मतिना जोशी वैद्यले जानकारी दिनुभयो ।

विभागले आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन अनुरोधसमेत गरेको छ ।

विशेषगरी मौसमी फलफूलको सिजनमा कार्वाइडको प्रयोग धेरै हुने भएकोले त्यसलाई रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डाक्टर जोशीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर