Aamsanchar

बिर्तामोड-शनिश्चरे सडकखण्ड कालोपत्र सुरू, तीन–चार दिनभित्र काम सकिने

Author Image
सोमवार, असार १०, २०८१

बिर्तामाेड-  झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लागतमा कालोपत्र थालिएको छ।

पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र शुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए।

‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए।

सडक निर्माणमा ढिलो भएको भन्दै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए। सडक निर्माण शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन्।

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए। ‘सडक कालोपत्र नहुँदा स्थानीयलाई निकै समस्या भएको थियो’, उनले भने, ‘सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र शुरु भएको हो ।’

सडक कालोपत्रका लागि २५ करोडको कबोल अंक तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले १५ कराड ५० लाखमा ठेक्का लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर