Aamsanchar

तीन दिनदेखि हराएकी दार्चुलाकी एक महिला बैतडीमा मृत फेला

Author Image
सोमवार, असार १०, २०८१

बैतडी- तीन दिनदेखि बेपत्ता रहेकी दार्चुलाकी एक महिला आज बैतडीमा मृत फेला परेकी छन्।

दार्चुलाको लेकम गाउँपालिका ४ दमसैनाकी २२ वर्षीया हेमन्ती गिरी मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

हेमन्तीको शव बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा फेला परेको हो। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोलीले घटनास्थलको कार्य गरिरहेको प्रहरीले जनाएको छ।

यही असार ८ गते घरबाट हराएकी हेमन्ती आज फेला परेकी हुन्। मृत भेटिएकी महिला विवाहित रहेकी खुल्न आएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर