Aamsanchar

पोषराज पोखरेल एआईजी पदमा बढुवा

Author Image
सोमवार, असार १०, २०८१

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको आज बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।

डिआइजी पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर