Aamsanchar

बोहोरेडाँडाबाट पेस्तोलसहित एक जना प*क्राउ

Author Image
मङ्गलवार, असार ११, २०८१

सर्लाही – प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय रामलाल मोक्तान रहेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा खटिएको लालबन्दी प्रहरीको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत खटिएको प्रहरी टोलीले मोक्तानलाई घरबाटै हतियारसहित नियन्त्रणमा लिएको हो।

मोक्तानले आफ्नै घरमा लुकाइ राखेको एक थान पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ। सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले मोक्तानलाई सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर